७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

संसदीय दल बैठकमा ११५ जना सांसद उपस्थित भएको ओली पक्षको दाबी



काठमाडौं । ओली पक्षीले आफुले आयोजना गरेको संसदीय दलको बैठकमा ११५ जना सांसद उपस्थित भएको दाबी गरेको छ ।

बालुवाटारमा सम्पन्न संसदीय दलको बैठकमा प्रतिनिधिसभाका ९१ जना सांसद उपस्थित भएको ओली पक्षले दाबी गरेको हो । यसैगरी राष्ट्रिय सभाका २४ जना सांसद समेत गरी ११५ जना सांसद उपस्थित भएको राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराईले बताएका छन् ।

बैठकबारे जानकारी दिँदै सचेतक भट्टराईले ‘अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत नगर्ने बताए । उनले बाहिर भएका सांसदहरु पनि मुल घरमै फर्किने दाबी गरे ।

दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्को पक्षमा रहेका थप सांसदहरु आफुहरुतिर आउने बताएको भट्टराईले जनाए । ओलीले सांसदहरुलाई संसदीय गतिविधिमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन् ।

शुक्रबार प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठकमा ११५ जना सांसदहरु उपस्थित भएको सो पार्टीले दाबी गरेको थियो । बहुमत सांसदहरुको उपस्थितिमा ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई नेता बनाएको थियो ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ०९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल