४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देही डेरी व्यवसायीद्धारा अन्तरक्रिया



बुटवल । रुपन्देही डेरी व्यवसायी समितिको आयोजनामा दुधको बर्तमान अवस्था, चुनौतिको विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष अमृत सिंह भण्डारीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले कानुन अनुसार नै डेरी व्यवसायी तथा उद्योगहरु सञ्चालन हुनुपर्नेमा जोड दिए ।

उनले व्यवसायीहरुको हितको लागि आफु जहिले पनि तयार रहेको भन्दै यसको लागि सरकारले निर्देष्ठ गरेका नीति तथा नियमहरुको पुर्णरुपमा पालन गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल दाहालले उपभोक्ता हित तथा संरक्षण नियमवाली २०७६ अनुसार निदिष्ठ गरिएको मापदण्मा रहेर डेरी पसल, व्यवसाय वा उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै उनले रुपन्देहीको डेरी जन्य उद्योग तथा व्यवसाय अन्य विदेशी देशहरु संग प्रतिष्पर्धा गर्न सक्ने खालको हुनुुपर्नेमा जोड दिए ।

कार्यक्रममा बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयका अधिकृत टेकराज पन्थी, बुटवल उपमहानरपालिका अनुगमन समितिका सदस्य सचिव टोपलाल शर्मा, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल पौडेल, सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थाका संस्थापक अध्यक्ष टिकाराम पाण्डे, ग्लोवल डेरी उद्योग प्रालिका अध्यक्ष थानेश्वर न्यौपाने लगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रम महासचिव पदम प्रसाद पौडेलको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ३७ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा