४ पुस २०८२, शुक्रबार | December 19, 2025

शहिद यादवनाथ आलोक स्मृति फुटसलको उपाधि तिलोत्तमा नगरपालिका वडा नं. ४ लाई



बुटवल । रुपन्देहीमा सम्पन्न शहिद यादवनाथ आलोक स्मृति फुटसल प्रतियोगिता २०७७ को उपाधि तिलोत्तमा नगरपालिका वडा नं ४ ले हात पारेको छ ।

शनिबार भएको फाईनलमा वडा नं. १ माथि ट्राइबेकरमा ३-२ गोल अन्तरको जित निकाल्दै उपाधि चुमेको हो ।

उपाधिसंगै वडा नं. ४ नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता वडा नं. १ नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

यसैगरि प्रतियोगितामा वार्ड १ का अतीत राना सर्वोकृष्ट खेलाडी, वडानं ४ का अमन पुन, वडा नं. १७ का सुरेश राना हाईस्कोर घोषित हुदै नगद १ हजार पाच सय, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।

नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले संचालन फागुन २० गतेदेखि संचालन भएको प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिएको संयोजक अर्जुन क्षेत्रीले बताए ।

यसैबिच प्रतियोगिताको उपाधि विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाल कृष्ण खाण, शहिद परिवारकी बिना न्यौपाने, तिलोत्तमा तरुण दल अध्यक्ष खेम क्षेत्रीले पुरस्कार वितरण गरेका छन ।

कार्यक्रममा बोल्दै नेता खाडले युवाहरुलाई रचनात्मक र क्षमता विकासका काममा लाग्न सुझाव दिए । खेलमार्फत युवाहरु एकतावद्ध हुने र नया काममा अग्रसर हुनुपर्ने समेत बताए ।

शहिद यादवनाथको स्मरण खेलमार्फत गरेर युवाहरुबाट उदाहरणीय काम गरेको बताए । यसैबिच शनिबार पत्रकार र तिलोत्तमा उद्योग वाणिज्य संघका बिच भएको मैत्री पुर्ण खेलमा संघ विजयी भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको