२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी सेमिफाइनलमा



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै लुम्बिनी खुकुरी समूह ‘डी’बाट सेमिफाइनल प्रवेश गरेको छ भने सैनामैना डिभिजन ‘बी’मा घटुवा भएको छ ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभरमा सबै विकेटको क्षतिमा १८० रन बनायो । उसका लागि प्रज्वल थापाले ५१, एजाज आलमले ३४ र सविन शाक्यले ३० रनको योगदान दिए । बलिङमा सैनामैनाका बसन्त खड्काले ५ ओभरमा १ मेर्डन राख्दै २३ रन खर्चेर ५ विकेट लिए । यस्तै, कृष्ण गिरी, सुनिल पौडेल, विशाल भुसाल र सरोज पौडेलले समान १/१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको सैनामैना २५.३ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमै समेटियो । उसका लागि बसन्त खड्काले १८ र मनिष क्षेत्रीले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार लोनियाले ७.३ ओभरमा ३ मेर्डन राख्दै १३ रन खर्चेर ७ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, अर्जुन करोसले २ तथा एजाज आलमले १ विकेट लिए । आइतबार डिभिजन ‘ए’ को समूह ‘बी’मा रहेका जीआर क्रिकेट क्लब र वेष्टर्न क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ५७ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री