२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी सेमिफाइनलमा



भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै लुम्बिनी खुकुरी समूह ‘डी’बाट सेमिफाइनल प्रवेश गरेको छ भने सैनामैना डिभिजन ‘बी’मा घटुवा भएको छ ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभरमा सबै विकेटको क्षतिमा १८० रन बनायो । उसका लागि प्रज्वल थापाले ५१, एजाज आलमले ३४ र सविन शाक्यले ३० रनको योगदान दिए । बलिङमा सैनामैनाका बसन्त खड्काले ५ ओभरमा १ मेर्डन राख्दै २३ रन खर्चेर ५ विकेट लिए । यस्तै, कृष्ण गिरी, सुनिल पौडेल, विशाल भुसाल र सरोज पौडेलले समान १/१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको सैनामैना २५.३ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमै समेटियो । उसका लागि बसन्त खड्काले १८ र मनिष क्षेत्रीले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार लोनियाले ७.३ ओभरमा ३ मेर्डन राख्दै १३ रन खर्चेर ७ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, अर्जुन करोसले २ तथा एजाज आलमले १ विकेट लिए । आइतबार डिभिजन ‘ए’ को समूह ‘बी’मा रहेका जीआर क्रिकेट क्लब र वेष्टर्न क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ५७ बजे

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

लखनउ । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर

एसियन कप छनोट : नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ मनोनित

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ

बसको ठक्करबाट स्कुटर चालकको निधन हुँदा मोरङमा तनाव

मोरङ । मोरङको उर्लाबारी नगरपालिका-३, नयाँ मंगलबारेमा आज दिउँसो तीन