१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, केही दिनभित्र काठमाडौंबासीको घरघर पुग्छ : प्रधानमन्त्री ओली



काठमाडौं । काठमाडौंबासीको सपना बनेको मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी शनिबार साँझ सुन्दरीजलमा खसेको हो । मेलम्ची खोलाबाट पठाइएको पानी सुरुङहुँदै सुन्दरीजलमा खसाल्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बटम दबाएका थिए ।

सुन्दरीजलमा आयोजित विशेष कार्यक्रममा बटम दबाएपछि सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरमा मेलम्चीको पानी झर्ने बताए । प्रधानमन्त्री ओलीले भने, काठमाडौंमा मेलम्चीको पानी झर्यो । अब केही दिनभित्र तपाईंका धाराहरुमा पानी वितरण हुन्छ ।’

लामो समयको प्रतिक्षाको घडी सकिएको भन्दै प्रधानमन्त्री ओलीले सुन्दरीजलमा पानी आउनु नयाँ उचाइको सफलता भएको भन्दै काठमाडौंवासीलाई बधाई तथा शुभकामना दिए ।

प्रधानमन्त्री ओलीले मेलम्चीको दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौंलाई खानेपानी पुग्ने बताए । उनले बागमती सफाइमा पनि मेलम्चीको पानी सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

यही फागुन १० गते मेलम्चीबाट सुरुङमा पानी पठाइएको थियो । खानेपानी आयोजनाका अनुसार केही समय यो पानीलाई बागमती नदीमा फालिनेछ । फोहोर थिग्रिसकेपछि भने सुन्दरीजलस्थित विशाल पानी ट्यांकीमा पठाइने छ । सोही ट्यांकीमा पानीलाई प्रशोधन गरी बैशाखको दोस्रो सातादेखि मेलम्चीको सञ्जाल फैलिएको स्थानका घरघरमा पानी वितरण हुने आयोजनाले जनाएको छ ।

मेलम्ची आयोजना दशकौं पहिलेदेखि काठमाडौंबासीको सपना बनेको थियो । तर, आयोजनाको भौतिक निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी सुन्दरीजलमा आइपुगेको छ ।

 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : ४३ बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा