२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

दार्चुलामा जीप दुर्घटना : तीन जनाको मृत्यु, ४ जना घाइते



दार्चुला । दार्चुलाको जिल्लाको लेकम गाउँपालिका-६ उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृ्त्यु भएको छ । दुर्घटनामा परी ‍अन्य ४ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी भास्कर चन्दका अनुसार शनिबार साँझ शैल्यशिखर नगरपालिका-८ अम्तोलीबाट रिठाचौपाता गइरहेको ग ३ च १६९३ नम्बरको जीप उचाकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक लेकम गाउँपालिका-६ का ३८ वर्षीय करन नाथ र शैल्यशिखर नगरपालिका-८ का ७० वर्षीय सुनादेवी पन्तको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका शैल्यशिखर-८ का ४० वर्षीय पदमराज पन्तको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सूचना अधिकारी चन्दका अनुसार दुर्घटनामा परी शैल्यशिखर-८ का ७२ वर्षीय बुद्धिबल्लभ पन्त, १२ वर्षीय मुकेश पन्त र ७ वर्षीय बसन्त पन्त तथा ७० वर्षीया गंगा पन्त रहेका छन ।

जीप कच्ची सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : २२ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री