२० मंसिर २०८२, शनिबार | December 6, 2025

नारायणगढ-मुग्लिन सडक : आजदेखि दैनिक साढे चार घण्टा बन्द



चितवन । नारायणगढ-मुग्लिन सडक आजदेखि एक हप्ताका लागि दैनिक साढे चार घण्टाबन्द हुने भएको छ ।

सडक मर्मतका लागि भन्दै नारायणगढ-मुग्लिन सडक खण्ड दैनिक साढे चार घण्टा बन्द गरिन लागेको हो ।

सडकखण्ड अन्र्तगतको चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो डाँडाको पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आजदेखि एक हप्ता बन्द गरि नारायणगढ-मुग्लिन सडक आयोजनाले काम गर्न लागेको छ ।

जस अनुसार एक हप्तासम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उक्त सडकमा दुइतर्फी सवारी आवागमन अवरुद्ध हुने आयोजनाले जनाएको छ ।

यस अवधि भर नारायणगढबाट आउने सवारी साधनहरुलाई जलबिरे र मुग्लिन तर्फबाट जाने सवारी साधनहरुलाई मुग्लिन नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस अवधिमा संभव भएसम्म वैकल्पिक सडक मार्गको प्रयोग गर्नका लागि समेत सम्पूर्ण सडक प्रयोगकर्ताहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ३४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय