१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड-नेपाल नेकपाले बोलायो संसदीय दलको बैठक



काठमाडौं । शुक्रबार मात्रै संसदीय दलको बैठक बोलाएर पुष्पकमल दाहाल प्रचण्डलाई नेता चुनेको प्रचण्ड–नेपाल नेकपाले आज पुनः दलको बैठक बोलाएको छ ।

प्रतिनिधिसभा बस्नुअघि नेकपाले दलको बैठक बोलाएको हो । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा प्रतिनिधिसभामा प्रस्तुत हुने रणनीतिबारे थप छलफल हुने बताइएको छ । प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजे बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने या नगर्ने भन्नेबारे बैठकले निर्णय गर्ने बुझिएको छ । नेपाली काँग्रेससँग छलफलमा रहेको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्रीले बैठक सुरु हुनेबेलासम्म राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउने बताउँदै आएको छ । यद्यपी, काँग्रेस अहिलेसम्म कुनै निर्णय नगरी पर्ख र हेरको अवस्थामा रहेको छ । ओलीलाई हटाउन या नयाँ सरकार बनाउन काँग्रेस निर्णायक भूमिका उभिएको छ ।

यसैबीच ओली पक्षमा रहेका थप एक सांसद प्रचण्ड नेपाल पक्षमा खुलेका छन् । सांसद विष्णु शर्मा आजै मात्र प्रचण्ड नेपाल पक्षमा खुलेर लागेकी हुन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज