७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रचण्ड-नेपाल पक्षले संसद सचिवालयलाई गरायो दल नेता परिवर्तनको जानकारी



काठमाडौं । प्रचण्ड नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसद सचिवालयलाई दलको नेता परिवर्तन गरेको पुनः जानकारी गराएको छ ।

संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले संसद सचिवालयका महासचिव भरतराज गौतमलाई भेट गरेर दलको नेता परिवर्तन गराएको जानकारी गराएका हुन् । उनीहरुले संसद सचिलालयले दल नेता परिवर्तनबारेको सूचना दर्ता नगरेको विषयमा जानकारी समेत लिएका छन् ।

महासचिव गौतमले भने परामर्श गरेर अगाडि बढ्ने बताएका छन् ।

शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकले बहुमत सांसदको उपस्थितिमा दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो । सोही जानकारी गराउन प्रचण्ड नेपाल पक्षका नेताहरु संसद सचिवालय पुगेका हुन् ।

त्यसक्रममा वरिष्ठ नेता झलनाथ खनाल, मुख्य सचेतक देव गुरुङ लगायतका नेताहरु सहभागि भएका थिए ।

ओली पक्षले भने प्रचण्ड नेपाल पक्षलाई अलग्लै मान्यता नदिन संसद सचिवालयलाई चेतावनी दिएको छ । प्रचण्ड नेपाल पक्षले अलग्गै मान्यता पाए संसदमा मुठभेडको अवस्था आउने ओली पक्षको भनाइ छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : १८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल