११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रचण्ड-नेपाल नेकपाले बोलायो संसदीय दलको बैठक



काठमाडौं । शुक्रबार मात्रै संसदीय दलको बैठक बोलाएर पुष्पकमल दाहाल प्रचण्डलाई नेता चुनेको प्रचण्ड–नेपाल नेकपाले आज पुनः दलको बैठक बोलाएको छ ।

प्रतिनिधिसभा बस्नुअघि नेकपाले दलको बैठक बोलाएको हो । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा प्रतिनिधिसभामा प्रस्तुत हुने रणनीतिबारे थप छलफल हुने बताइएको छ । प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजे बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने या नगर्ने भन्नेबारे बैठकले निर्णय गर्ने बुझिएको छ । नेपाली काँग्रेससँग छलफलमा रहेको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्रीले बैठक सुरु हुनेबेलासम्म राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउने बताउँदै आएको छ । यद्यपी, काँग्रेस अहिलेसम्म कुनै निर्णय नगरी पर्ख र हेरको अवस्थामा रहेको छ । ओलीलाई हटाउन या नयाँ सरकार बनाउन काँग्रेस निर्णायक भूमिका उभिएको छ ।

यसैबीच ओली पक्षमा रहेका थप एक सांसद प्रचण्ड नेपाल पक्षमा खुलेका छन् । सांसद विष्णु शर्मा आजै मात्र प्रचण्ड नेपाल पक्षमा खुलेर लागेकी हुन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : ०३ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा