१० मंसिर २०७९, शनिबार | November 26, 2022

प्रचण्ड-नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारमा



काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ ।

सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विकसित नयाँ राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सांसदहरुलाई जानकारी गराएका छन् ।

बैठकमा सुरुमा कुरा राख्दै अध्यक्ष माधवकुमार नेपालले ओली तर्फ गएका सांसदहरु फर्किन चाहेको बताएका थिए । अध्यक्ष नेपालले ओली पक्षमा भएका सांसदहरुलाई ल्याउनका लागि थप पहल गर्न समेत आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेसँगै प्रचण्ड नेपाल नेकपा उत्साहित भएको छ । नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ । बैठक अहिले पनि जारी छ । धेरै सांसदहरु काठमाडौं बाहिर भएका कारण सबैको उपस्थिति हुन नसकेको नेकपाले जनाएको छ ।

सबै सांसदहरुको उपस्थिति भएपछि संसदीय दलको औपचारिक बैठक बस्ने बताइएको छ । सरकारले प्रतिनिधि सभा विघटन गरेकै दिन प्रचण्ड–नेपाल पक्षका ९० जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री ओली विरुद्ध संघीय संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ती मध्ये केही सांसदहरु ओली पक्षमा लागेका छन् । तर, प्रतिनिधिसभा पुनर्स्थापित भैसकेका कारण ओली समुहमा रहेका केही सांसद आफ्नो समुहमा आउने प्रचण्ड नेपाल नेकपाले दाबी गरेको छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : ४९ बजे

संवाद र सहमती खोजेर अघि बढौं : एमाले उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य

देउवापछि प्रचण्डलाई भेटे भारतीय राजदूत श्रीवास्तवले

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिमतिर आउँदै गर्दा

सर्लाही-२ बाट माओवादीका महेन्द्र राय यादव विजयी

सर्लाही । सर्लाहीको क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रको

सुनसरी-२ बाट एमाले नेता भीम आचार्य विजयी

काठमाडौं। सुनसरीको क्षेत्र नं. २ बाट नेकपा एमालेका नेता भीम

प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका