१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

प्रचण्ड-नेपाल पक्षले संसद सचिवालयलाई गरायो दल नेता परिवर्तनको जानकारी



काठमाडौं । प्रचण्ड नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसद सचिवालयलाई दलको नेता परिवर्तन गरेको पुनः जानकारी गराएको छ ।

संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले संसद सचिवालयका महासचिव भरतराज गौतमलाई भेट गरेर दलको नेता परिवर्तन गराएको जानकारी गराएका हुन् । उनीहरुले संसद सचिलालयले दल नेता परिवर्तनबारेको सूचना दर्ता नगरेको विषयमा जानकारी समेत लिएका छन् ।

महासचिव गौतमले भने परामर्श गरेर अगाडि बढ्ने बताएका छन् ।

शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकले बहुमत सांसदको उपस्थितिमा दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो । सोही जानकारी गराउन प्रचण्ड नेपाल पक्षका नेताहरु संसद सचिवालय पुगेका हुन् ।

त्यसक्रममा वरिष्ठ नेता झलनाथ खनाल, मुख्य सचेतक देव गुरुङ लगायतका नेताहरु सहभागि भएका थिए ।

ओली पक्षले भने प्रचण्ड नेपाल पक्षलाई अलग्लै मान्यता नदिन संसद सचिवालयलाई चेतावनी दिएको छ । प्रचण्ड नेपाल पक्षले अलग्गै मान्यता पाए संसदमा मुठभेडको अवस्था आउने ओली पक्षको भनाइ छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : १८ बजे

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।