२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम सर्वोच्च अदालतद्वारा खारेज, एमाले र माओवादी केन्द्र ब्यूँतिए (पूर्णपाठसहित)



काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेलले पाउने फैसला गरेको छ ।

सर्वोच्चको यो फैसलासँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद थप पेचिलो बनेको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले मान्यता दिएको थियो । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी कोष्ट भित्र नेकपा रहेको नाम कट्टेलको भन्दा फरक रहेको निस्कर्ष निकाल्दै ओली प्रचण्ड नेतृत्वलाई दिएको थियो ।

तर सर्वोच्च अदालतले नेकपा नाम दर्ताको क्रममा आयोगले गरेको निर्णयलाई त्रुटीपूर्ण भन्दै खारेज गरेको छ ।  अदालतले नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा लेखिएको नाम ऋषि कट्टेललाई दिने फैसला सुनाएको छ ।  सर्वोच्च अदालतका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

यससँगै नेकपाको वैधानिकतालाई लिएर प्रचण्ड-नेपाल पक्ष र ओली पक्षबीच भएको विवाद थप पेचिलो बनेको हो । अब दुवै पक्षले नेकपाको पछाडि कुनै विशेषण झुण्डयाउनुपर्ने भएको छ ।

सर्वोच्चको आदेशसँगै नेकपाको अधिकारिकता विवाद झन जटिल बनेको छ । निर्वाचन आयोगले नयाँ नाम जुराउनका लागि एकीकृत पार्टीलाई नै बोलाउनुपर्ने बाध्यता छ । जबकी, पुष ५ गतेपछि नेकपामा औपचारिक विभाजन भएको छ । आयोगले नयाँ नामका लागि बोलाउँदा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको नाममा पत्राचार गर्नुपर्छ । आयोगले ओली र प्रचण्ड अध्यक्ष एवं विष्णु पौडेल महासचिव भएको ४४१ सदस्यीय केन्द्रीय कमिटी भएको नेकपालाई मान्यता दिएको हो ।

पार्टीको नाम परिवर्तन गर्नका लागि दुई तिहाई केन्द्रीय सदस्यले निर्णय गर्नुपर्ने नेकपाको विधानमा उल्लेख गरिएको छ । तर, अहिलेको अवस्थामा प्रचण्ड नेपाल पक्षसँग सुविधाजनक बुहमत भए पनि दुई तिहाई बहुमत छैन । ओली पक्षसँग त सामान्य बुहमत पनि नभएको अवस्था छ । जसका कारण, अहिलेकै प्रक्रिया अनुसार आयोगले नामको टुंगो लगाउन असम्भव जस्तै देखिएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/supreme_aadesh-ncp.pdf”]

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ३ : ०२ बजे

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

काठमाडौं । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन

सहकारीको रकम अपचलनको आरोप लागेकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं । राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११