२६ बैशाख २०८१, बुधबार | May 8, 2024

प्रचण्ड-नेपाल पक्षद्वारा स्थायी कमिटी बैठक आव्हान



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।

आइतवार बेलुका प्रचण्ड-नेपाल पक्षले कानुन विद्संग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।

अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएपछि पार्टीभित्र छलफल गर्न सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेकपा संसदीय दलको बैठक हलमा भएको छलफलमा कानुन व्यवसायीहरुले सर्वोच्चको फैसलालाई अनपेक्षित भन्दै त्यसलाई राजनीतिक फैसला भएको बताएका छन ।

बैठकपछि नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष प्रचण्डले फैसला अनपेक्षित भएको र कानुन व्यवसायीबाट पनि फैसला राजनीतिक खालको भएको कुरा आएको बताए ।

उनले सोमबारका लागि स्थायी समिति बैठक बोलाइएको र त्यसबारे थप निर्णय गरेर धारणा सार्वजनिक गरिने बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ८ : ४७ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्