२ पुस २०८२, बुधबार | December 18, 2025

भ्रष्टाचार विरुद्ध महिला अघि आउनु पर्छ : ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल अध्यक्ष प्रधानाङ्ग



बुटवल । ट्रान्सपरेन्सी नेपालका नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गले भष्ट्राचार न्युनिकरणका लागि महिलाहरु नै लाग्नुपर्ने सुझाव दिएकी छिन ।

भष्ट्राचार हरेक क्षेत्रमा हाबि रहेको भन्दै उनले यसलाई हटाउन महिलाहरु समाजमा नेतृत्व तहमा आउनुपर्ने सुझाव दिईन । फोनिज रुपन्देहीको आयोजनामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भष्ट आचरण सबै भष्ट्राचार भएको उनले दाबि गरिन । ‘मानव अधिकार हनन पनि एक प्रकारको भष्ट्चार हो । ‘ उनले भनिन ।

उनले एक दशकदेखि नेपालमा भष्ट्राचारको तालिका स्थिर रहेको बताउँदै अनुगमनको दृष्टिले नेपालको ५० भन्दा कम अंक रहेकाले नेपाल भष्ट्राचारको जोखिम बढी भएको मुलुकमा पर्ने जानकारी दिईन ।

यो वर्ष नेपाल ३३ अंकमा रहेको छ ।

भ्रष्टाचार न्युनिकरणका लागि नारी दिवसमै दिनबाट संकल्प गरेर अघि बढ्न उनले सरोकारवालालाई आग्रह गरिन ।

भष्ट्रचार केवल पुरुषको मुद्दाका रुपमा हेरिने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको भन्दै उनले महिलाहरु यो मुद्दा लाग्नुपर्ने सुझाव दिईन् । ५२ प्रतिशत संख्यामा रहेका महिला अगाडि नआउदासम्म भष्ट्राचार न्युन नहुने भन्दै महिलाहरू आम्दानीको श्रोत पहिचान गरेर तडकभडक विनाको जिवनी जिउनुपर्ने बताईन ।

मुहार सफा भए खोला संग्लो हुने तर्क दिदै उनले यसका लागि महिलाको भुमिका रहने दाबी गरिन । नेपालमा भुकम्पपछिको पुनस्थापनामा विदेशी दातृराष्टबाट भएको सहयोगमा समेत भष्ट्राचार भएको उनले दुखेसो गरिन । राहत रकममा समेत भष्ट्राचार हुने देश नेपालको पहिचान बनाउन निक्कै गलत भएको उनले बताईन ।
कार्यक्रममा फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा, टिआई नेपालका महेन्द्र नारायण श्रेष्ठ, पारदर्शी नेपालका महेन्द्र पाण्डेले समाज परिवर्तन गर्न भष्ट्रचार न्युनिकरण अभियान थाल्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ३ : ०५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल