१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

समुदायस्तरमा नै महामारी फैलिदै गएपछि कम्बोडियाका सबै खेल गतिविधि बन्द



न्होम पेन (सिन्ह्वा) । कम्बोडियामा तत्कालका लागि सवै खेल गधिविधिहरु बन्द गर्न निर्देशन दिइएको छ ।

समुदायस्तरमा कोरोना भाइरसको महामारी फैलिदै गएकाले अनिश्चितकालका लागि खेल गतिविधिहरु बन्द गर्न सरकारी अधिकारीहरुले सोमबार निर्देशन दिएका हुन ।

कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा बृद्धि हुँदै गएको छ । ‘पछिल्लो समयमा समुदायस्तरमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भइरहेको छ,’ शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरुमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुँदका गतिविधिहरु नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ ।

जीम, खेल क्लबहरु, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षण लगायतका कुनै पनि गतिविधि गर्न पाइने वक्तव्यमा उल्लेख गरिएको छ ।

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्र समेत बन्द गरिएको छ ।

त्यसैगरी भिडभाड हुने अन्य गतिविधिहरुका लागि पनि प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : ०१ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित