३ आश्विन २०८३, शनिबार | September 19, 2026

कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै



काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनको कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले राष्ट्रिय चुनावमा ठूलो जित हासिल गरेको दाबी गरेको छ ।

तर, आलोचकहरूले कम्बोडियाको यस चुनावलाई दशकहरूमा सबैभन्दा कम स्वतन्त्र र निष्पक्ष भएको बताएका छन । प्रतिपक्षीको अनुपस्थितिमा भएको  यो निर्वाचनले मुलुकको लोकतन्त्रको खिल्ली उडाएको उनीहरुको भनाई छ ।

आइतबार चुनाव सकिएको केही घण्टापछि सीपीपीका प्रवक्ता सोक आइसनले भने, ‘हामीले शानदार जित हासिल गरेका छौँ तर अहिलेसम्म जितेको सिटको संख्याको स्पष्ट आंकडा छैन ।’ यस अघि हुन सेनले आइतबार ८४ प्रतिशत मतदान भएको बताएका थिए । उनले सिट संख्याको बारेमा अहिलेसम्म कुनै जानकारी नभएको तर सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीले ठूलो जित हासिल गरेको भने भन्न सक्ने बताएका छन् ।

एसियाकै सबैभन्दा लामो समय सेवा गर्ने ७० वर्षीय हुन सेनले पछिल्लो ३८ वर्षमा आफ्नो पार्टीको शक्ति लगातार बढाउँदै आएका छन् तर उनले यस पटकको चुनाव जितेर जेठा छोरा हुन मानेटलाई प्रधानमन्त्रीको जिम्मेवारी दिने घोषणा गरेका छन् ।

उनका छोरा ४० वर्षीय हुन मानेट वेस्ट प्वाइन्टको युएस मिलिटरी एकेडेमीबाट स्नातक, न्यूयोर्क विश्वविद्यालयबाट स्नातकोत्तर र बेलायतको ब्रिस्टल विश्वविद्यालयबाट पीएचडी गरेका हुन् । उनी हाल कम्बोडियाको सेना प्रमुख छन् ।

विपक्षी र मानव अधिकार समूहहरूले चुनावको विश्वसनीय प्रतिस्पर्धाको अभाव र हुन सेनको बलियो रणनीतिको लागि आलोचना गरेका छन् । हुन सेनले कम्बोडियामा आफ्नो शासनको विरुद्धमा भएका सबै विरोध प्रदर्शनलाई दबाएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ५१ बजे

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट

संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही

आज कागे अष्टमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे