२७ बैशाख २०८३, आइतबार | May 10, 2026

एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगले छलफल गर्न बोलाउने, आज पत्र पठाउँदै



काठमाडौं । सर्वोच्च अदालतको फैसलाअनुसार ३ वर्ष पहिले खारेज भएर अहिले पुनः ब्युँतिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगले छलफलका लागि बोलाउने भएको छ । सवोच्चको आदेश कार्यान्वयन गर्दै आयोगले ब्युतिएका दुबै पार्टीहरुलाई निर्वाचन आयोगले आज (मंगलबार) सूचना गर्ने भएको छ।

आयोगले दुई दललाई पुरानै छुट्टाछुट्टै अस्तित्वमा रहने वा पुनः एकीकरण गरेर नयाँ नाममा दर्ता हुन आउने विषयमा छलफल गर्न बोलाइने भएको आयोगको उच्च स्रोतले जनाएको छ ।

गोरखाका कम्युनिष्ट कार्यकर्ता ऋषि कट्टेलले निर्वाचन आयोगमा पहिले नै दर्ता रहेको आफ्नो नेकपाले वैधानिकता पाउनुपर्ने दाबी गर्दै २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले आइतबार उनकै पक्षमा रिट जारी गर्दै कट्टेलले नमागे पनि एमाले र माओवादी ब्युँताईदिएको थियो । दुई दल मिलेर बनेको नेकपा अदालतले खारेज गरिदिएको थियो ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : १९ बजे

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

नेपालगन्ज । गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगन्ज उपमहानगरपालिका–७

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको