१ पुस २०८२, मंगलबार | December 17, 2025

एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगले छलफल गर्न बोलाउने, आज पत्र पठाउँदै



काठमाडौं । सर्वोच्च अदालतको फैसलाअनुसार ३ वर्ष पहिले खारेज भएर अहिले पुनः ब्युँतिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगले छलफलका लागि बोलाउने भएको छ । सवोच्चको आदेश कार्यान्वयन गर्दै आयोगले ब्युतिएका दुबै पार्टीहरुलाई निर्वाचन आयोगले आज (मंगलबार) सूचना गर्ने भएको छ।

आयोगले दुई दललाई पुरानै छुट्टाछुट्टै अस्तित्वमा रहने वा पुनः एकीकरण गरेर नयाँ नाममा दर्ता हुन आउने विषयमा छलफल गर्न बोलाइने भएको आयोगको उच्च स्रोतले जनाएको छ ।

गोरखाका कम्युनिष्ट कार्यकर्ता ऋषि कट्टेलले निर्वाचन आयोगमा पहिले नै दर्ता रहेको आफ्नो नेकपाले वैधानिकता पाउनुपर्ने दाबी गर्दै २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले आइतबार उनकै पक्षमा रिट जारी गर्दै कट्टेलले नमागे पनि एमाले र माओवादी ब्युँताईदिएको थियो । दुई दल मिलेर बनेको नेकपा अदालतले खारेज गरिदिएको थियो ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : १९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष