११ बैशाख २०८१, मंगलबार | April 23, 2024

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

मंगलबार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

बैठकका एजेण्डाबारे मन्त्रीहरुलाई केही बताइएको छैन । तर, विकसित राजनीतिक घटनाक्रमले सरकार संचालनमा पार्न सक्ने प्रभावबारे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट केही निर्णय गर्न खोजेको स्रोतले बताएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्दै नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताइदिएपछि मन्त्रिपरिाषद बैठक पहिलो पटक बस्न लागेको छ । ओली मन्त्रिपरिषदमा माओवादी केन्द्रका केही सांसदहरु मन्त्री रहेका छन् ।

संसदभित्रको समिकरणमा सरकार स्पष्ट अल्पमतमा परेको छ । माओवादी केन्द्रले स्वभाविक रुपमा समर्थन फिर्ता गरेपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । यसबीचमा ओलीले राष्ट्रिय जनता पार्टी राजपसँग सहकार्यको प्रस्ताव समेत गरेका छन् । राजपाले सांसद रेशम चौधरीको मुद्दा फिर्ता र संविधान संशोधनको माग पुरा हुनुपर्ने माग गरेको छ ।

यस्तै माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुलाई फर्किन निर्देशन दियो भने ती सबै मन्त्रीहरु फर्किनुपर्ने बाध्यता छ । यससँगै सरकराले जारी गरेका केही अध्यादेशहरुलाई समेत अगाडि बढाउनुपर्ने छ । ओलीले मन्त्रिपरिषद बैठकमा यी सबै विषयमा मन्त्रीहरुको राय माग्नेछन् । यसबाहेका सरकारका नियमित काम र निर्णयहरु समेत मन्त्रिपरिषद बैठकबाट हुने बताइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : ३७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना