१६ असार २०८३, मंगलबार | July 1, 2026

सरकार गठनका लागि एमाले र जसपाले बनायो वार्ता टोली



काठमाडौं । नयाँ सरकार गठनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीले वार्ता टोली गठन गरेको छ । जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका एमालेसँग वार्ताका लागि वार्ता टोली बनाएको छ ।

जसपाका एक नेताका अनुसार सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न २ सदस्यीय समिति गठन गरेको हो । उक्त वार्ता टोलीमा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । त्यस्तै, नेकपा एमालेले भने नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेको समिति बनाएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै फर्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्ने भएकाले जसपालाई सरकारमा ल्याउनका लागि पहल भएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ४२ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी