३ आश्विन २०८३, शनिबार | September 19, 2026

भारतमा विपक्षीको अवरोधपछि दुवै सदनको बैठक अवरूद्ध



नयाँ दिल्ली (पीटीआई) । भारतमा संसदको बजेट सत्रको दोस्रो सत्रमा तेलको मूल्यलाई लिएर विवाद चर्किएपछि दुबै सदनको गतिविधि अवरूद्ध बनेको छ ।

तेलको मूल्य वृद्धिलाई लिएर दोस्रो दिन पनि विपक्षी पार्टीले सदन अवरुद्ध गरेपछि लोकसभा तथा राज्यसभाको बैठक बुधबारसम्मको लागि स्थगित गरिएको हो ।

दिउँसो १२ बजे लोकसभाको पूर्व निर्धारित कारबाही सुरु हुने बित्तिकै विपक्षी सांसदहरुले सदन अवरुद्ध गरेका थिए । काँग्रेसका केही सांसदहरूले तेलको मूल्य फिर्ता लिनुपर्ने माग गरेका छन ।

त्यही दिन कांग्रेसका नेता अधीर रञ्जन चौधरीले लोकसभा टेलिभिजनमा विपक्षीले भनेको कुरा नदेखाएको आरोप लगाएका थिए । विपक्षीको कुरा लोकसभाको टेलिभिजनमा नआएको भन्दै उनले आश्चर्य व्यक्त गरेका थिए ।

यता, लोकसभाका अध्यक्ष ओम बिड्लाले उक्त टेलिभिजनमा विपक्षीले देशलाई हंगामा देखाउन खोजेको हो भनी प्रतिप्रश्न गरेका छन । जवाफमा चौधरीले उक्त प्रदर्शन संसदीय कारबाहीको हिस्सा भएकाले देखाउनु पर्ने जिकिर गरेका छन ।

राज्यको विधानसभा चुनावका कारण संसदको सत्रलाई छोट्याउन सक्ने भारतीय सञ्चार माध्यमहरुद्वारा प्रशारित समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ७ : १९ बजे

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी