१६ असार २०८३, मंगलबार | July 1, 2026

संसदमा एमाले र माओवादी केन्द्रका सांसद पहिलो पटक अलग अलग बस्दै



काठमाडौं । संघिय संसद स्थापना भएदेखि आज पहिलो पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरु छुट्टाछुट्टै बस्ने भएका छन् । पार्टी एकीकरण सहित नपाल कम्युनिष्ट पाटीृ (नेकपा)का सांसदका हैसियतले सत्तापक्षको कुर्सीमा बस्दै आएका सांसदहरु संसद पुनर्स्थापना पछिको दोस्रो बैठकबाट अलग अलग बस्ने भएका हुन् ।

आज १ बजे संसदको सातौ अधिवेशनको दोस्रो बैठक बस्दैछ ।

माओवादी केन्द्रका सांसदहरुलाई बस्का लागि एमाले सासदहरु नजिकै अर्को रोह बनाईएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय [पहिलो संशोधन], सामाजिक सुरक्षा [पहिलो संशोधन], तेजाब तथा अन्य घातक रासायनिक पदार्थ [नियमन] अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि ९तेस्रो संशोधन० अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग [तेस्रो संशोधन] अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

उल्लेखित अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका थिए। अध्यादेश जारी भएको ६ महिनाभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धि अध्यादेश आजपनि पेश गर्ने प्रयास भए आज पनि संसद बैठक विपक्षीदलहरुले अवरुद्ध पार्ने सम्भावना देखिएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : ३६ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी