१ पुस २०८२, मंगलबार | December 17, 2025

संसदमा एमाले र माओवादी केन्द्रका सांसद पहिलो पटक अलग अलग बस्दै



काठमाडौं । संघिय संसद स्थापना भएदेखि आज पहिलो पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरु छुट्टाछुट्टै बस्ने भएका छन् । पार्टी एकीकरण सहित नपाल कम्युनिष्ट पाटीृ (नेकपा)का सांसदका हैसियतले सत्तापक्षको कुर्सीमा बस्दै आएका सांसदहरु संसद पुनर्स्थापना पछिको दोस्रो बैठकबाट अलग अलग बस्ने भएका हुन् ।

आज १ बजे संसदको सातौ अधिवेशनको दोस्रो बैठक बस्दैछ ।

माओवादी केन्द्रका सांसदहरुलाई बस्का लागि एमाले सासदहरु नजिकै अर्को रोह बनाईएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय [पहिलो संशोधन], सामाजिक सुरक्षा [पहिलो संशोधन], तेजाब तथा अन्य घातक रासायनिक पदार्थ [नियमन] अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि ९तेस्रो संशोधन० अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग [तेस्रो संशोधन] अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

उल्लेखित अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका थिए। अध्यादेश जारी भएको ६ महिनाभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धि अध्यादेश आजपनि पेश गर्ने प्रयास भए आज पनि संसद बैठक विपक्षीदलहरुले अवरुद्ध पार्ने सम्भावना देखिएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : ३६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष