१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दोस्रो दिन पनि बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा सत्ता समीकरण र पार्टीको संगठन सुदृढिकरणबारे छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रको मंगलबार बसेको बैठकले नयाँ सरकार गठनबारे नेपाली काँग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अध्यक्ष प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवार
र जसपाका नेता बाबुराम भट्टराईसँग प्रारम्भिक छलफल गरेका थिए । बैठकमा प्रचण्डले देउवा र भट्टराईसँग भएको छलफलबारे ब्रिफिङ गर्ने बताइएको छ ।

यद्यपी, जसपामा पूर्व राजपापक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्नसक्ने आशंका माओवादी केन्द्रले गरेको छ । सत्ता टिकाउनका लागि जस्तो सुकै तिकड्म गर्न तयारी ओलीले अब जसपालाई फुटाउन सक्ने अवस्था रहेको माओवादी केन्द्रका एक नेताले बताए ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्दै पूर्ववत पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि दुवै पार्टी अस्तित्वमा आइसकेका छन् ।

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १२ : ३५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज