१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दोस्रो दिन पनि बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा सत्ता समीकरण र पार्टीको संगठन सुदृढिकरणबारे छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रको मंगलबार बसेको बैठकले नयाँ सरकार गठनबारे नेपाली काँग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अध्यक्ष प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवार
र जसपाका नेता बाबुराम भट्टराईसँग प्रारम्भिक छलफल गरेका थिए । बैठकमा प्रचण्डले देउवा र भट्टराईसँग भएको छलफलबारे ब्रिफिङ गर्ने बताइएको छ ।

यद्यपी, जसपामा पूर्व राजपापक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्नसक्ने आशंका माओवादी केन्द्रले गरेको छ । सत्ता टिकाउनका लागि जस्तो सुकै तिकड्म गर्न तयारी ओलीले अब जसपालाई फुटाउन सक्ने अवस्था रहेको माओवादी केन्द्रका एक नेताले बताए ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्दै पूर्ववत पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि दुवै पार्टी अस्तित्वमा आइसकेका छन् ।

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १२ : ३५ बजे

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद