१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सत्ता समीकरणबारे अन्य दलहरुसँग थप छलफल गर्ने माओवादी निर्णय



काठमाडौं । नेकपा माओवादीले नयाँ सरकार निर्माणका लागि थप गृहकार्य गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले नयाँ सत्ता समीकरणका लागि अन्य दलसँग थप छलफल गर्ने निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नगर्ने निर्णय भएको बताए । श्रेष्ठले सर्वोच्च अदालतको फैसलापछि नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्नेमा नगरेको भन्दै अब अन्य दलहरुसँग छलफल गरेर निस्र्कषमा पुगिने बताए ।

श्रेष्ठले पुनर्स्थापित संसद दुई वर्ष चल्नुपर्ने र यही संसदले नयाँ सरकार दिनुपर्ने बताउँदै अन्य दलहरुसँग सरकार गठनबारे सबै विकल्पमा वार्ता र छलफललाई अघि बढाइने जनाए ।

बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस र जसपासँग मंगलबार भएको छलफलबारे जानकारी गराएका थिए ।
बैठकले संगठन निर्माणबारे निर्णय लिन चार सदस्यीय कार्यदल बनाएको छ । वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल रहेको कार्यदल गठन गरिएको नेता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : ४२ बजे

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद