७ बैशाख २०८३, सोमबार | April 20, 2026

तपाई कस्तो भाँडोमा पानी पिउनु हुन्छ ? प्लास्टिकको बोतलबाट पानी पिउनु निकै खतरनाक



एजेन्सी । गर्भवती भएको बेलामा महिलाहरूलाई धेरै पानी पिउन मन लाग्छ । शरीरमा पानीको स्तर कायम राख्न गर्भवती महिलाले धेरै पानी पिउनुपर्ने हुन्छ ।

त्यसैले घरबाट बाहिर निस्केको बेलामा उनीहरू बोतलमा पानी भरेर लैजान्छन् । तर प्लास्टिकको बोतलबाट पानी पिउनु हानिकारक हुन्छ ।

एक अध्ययनका अनुसार गर्भवती महिलाले प्लास्टिकको बोतलबाट पानी पिउँदा गर्भको बच्चालाई समेत नराम्रो असर पुग्छ । प्लास्टिकले महिलाहरूमा हर्मोन परिवर्तन गराउँछ जसका कारण बच्चालाई असर पर्छ ।

क्यानाडाको युनिभर्सिटी अफ ओटावाले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार प्लास्टिकको बोतल बनाउँदा प्रयोग गरिने बिसफेनलले गर्भवती महिलाको भोक नियन्त्रण गर्ने हर्मोनमा असर गर्छ ।

लामो समयसम्म प्लास्टिकको बोतलबाट पानी पिउँदा महिलाहरूलाई कम भोक लाग्छ र उचित भोजनको अभावमा गर्भमा रहेको बच्चालाई पोषण पुग्दैन । बच्चाको मानसिक विकासमा पनि यसले नराम्रो असर गर्छ ।

बिसफेनल रसायनले गर्भवती महिलाको शरीरमा ऊर्जा र हर्मोनको सन्तुलनलाई प्रभावित गर्छ । यसका कारण गर्भवती महिलामा अनावश्यक परिवर्तन आउँछ र त्यसको प्रभाव बच्चामा पर्छ ।

यसअघि लन्डन विश्वविद्यालयको कलेजले गरेको अनुसन्धानले पनि प्लास्टिकको बोतलमा पानी हालेर घाममा छोड्दा त्यो विषालु हुने देखाएको थियो । यस्तो पानी पिउँदा पेटसम्बन्धी रोगका साथसाथै क्यान्सरको पनि खतरा हुन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ५ : ३२ बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका