२२ मंसिर २०८२, सोमबार | December 8, 2025

तपाई कस्तो भाँडोमा पानी पिउनु हुन्छ ? प्लास्टिकको बोतलबाट पानी पिउनु निकै खतरनाक



एजेन्सी । गर्भवती भएको बेलामा महिलाहरूलाई धेरै पानी पिउन मन लाग्छ । शरीरमा पानीको स्तर कायम राख्न गर्भवती महिलाले धेरै पानी पिउनुपर्ने हुन्छ ।

त्यसैले घरबाट बाहिर निस्केको बेलामा उनीहरू बोतलमा पानी भरेर लैजान्छन् । तर प्लास्टिकको बोतलबाट पानी पिउनु हानिकारक हुन्छ ।

एक अध्ययनका अनुसार गर्भवती महिलाले प्लास्टिकको बोतलबाट पानी पिउँदा गर्भको बच्चालाई समेत नराम्रो असर पुग्छ । प्लास्टिकले महिलाहरूमा हर्मोन परिवर्तन गराउँछ जसका कारण बच्चालाई असर पर्छ ।

क्यानाडाको युनिभर्सिटी अफ ओटावाले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार प्लास्टिकको बोतल बनाउँदा प्रयोग गरिने बिसफेनलले गर्भवती महिलाको भोक नियन्त्रण गर्ने हर्मोनमा असर गर्छ ।

लामो समयसम्म प्लास्टिकको बोतलबाट पानी पिउँदा महिलाहरूलाई कम भोक लाग्छ र उचित भोजनको अभावमा गर्भमा रहेको बच्चालाई पोषण पुग्दैन । बच्चाको मानसिक विकासमा पनि यसले नराम्रो असर गर्छ ।

बिसफेनल रसायनले गर्भवती महिलाको शरीरमा ऊर्जा र हर्मोनको सन्तुलनलाई प्रभावित गर्छ । यसका कारण गर्भवती महिलामा अनावश्यक परिवर्तन आउँछ र त्यसको प्रभाव बच्चामा पर्छ ।

यसअघि लन्डन विश्वविद्यालयको कलेजले गरेको अनुसन्धानले पनि प्लास्टिकको बोतलमा पानी हालेर घाममा छोड्दा त्यो विषालु हुने देखाएको थियो । यस्तो पानी पिउँदा पेटसम्बन्धी रोगका साथसाथै क्यान्सरको पनि खतरा हुन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ५ : ३२ बजे

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी