२ पुस २०८२, बुधबार | December 17, 2025

एमाले फर्केका नेताहरुलाई आत्मालोचनाको मौका दिन्छौं : ईश्वर पोखरेल



वीरगन्ज । उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेलले मुलुक फेरि ताजा जनादेशतर्फ जाने बताएका छन् ।

वीरगन्जमा प्रेस संगठनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले संसदले सहज निकास नदिए ताजा जनादेशको विकल्प नभएको बताएका हुन् ।

पोखरेलले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने र लिन नसकेको खण्डमा अन्य दलसँग मिलेर सरकार बनाउने प्रयास हुने बताए । त्यो पनि हुन नसकेमा देश चुनावमा जाने अवस्था सिर्जना हुने उनले बताए । संसदले निकास दिन नसके ताजा जनादेशमा जानुको विकल्प नभएको उनको भनाइ थियो ।

पोखरेलले भने, ‘माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ, पाउनुभयो भने ठीकै छ । हैन भने राजीनामा दिनुहुन्छ । त्यसपछि संविधानको धारा ०७६ को उपधारा २ अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने कोसिस हुन्छ । सरकार बनेन भने चुनावमा जानुको विकल्प छैन ।’

एमाले महासचिव पोखरेलले प्रधानमन्त्री विरुद्ध लागेका नेताहरुलाई पार्टीमा एकपटक आत्मालोचनाको मौका दिइने बताए । ‘पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालको विषयमा ठोस निर्णय गरी पार्टीले एक पटकको लागि आत्मआलोचना गर्न मौका दिने विषयमा छलफल भैरहेको छ’, उनले भने, एमालेको लाइन बिर्सेर माओवादीतिर लागेका साथीहरुको बारेमा पार्टीको केन्द्रीय कमिटीले जे निर्णय गर्छ त्यही अनुसार स्थान दिइनेछ ।’ माओवादी छोडेर एमाले बनेकाहरुलाई भने उचित सम्मान र स्थान दिइने पोखरेलले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ११ : २६ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि