६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

‘लप्पन छप्पन २’ को ट्रेलर यस्तो छ



काठमाडौं । मुकुन्द भट्टको निर्देशनमा तयार भएको नेपाली फिल्म ‘लप्पन छप्पन २’ को ट्रेलर महाशिवरात्रिको अवसर पारेर बिहिबार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहमा उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

यो फिल्म आगामी चैत २७ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमल्सिना हुन् । शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रीजना सिना, रन्जीत वन्त आिदले यो फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआरआरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी, हिमाल केसी र निर्देशक भट्टको एक्सन, निरज केसीको साउण्ड र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्यमा निर्माण गरेका हुन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माता रहेका छन् ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ३ : ३६ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा

आज पनि घट्यो सुनचाँदीकोे मूल्य

काठमाडौ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी