१६ असार २०८३, मंगलबार | July 1, 2026

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विप्लव समूहको पछि लाग्न तयार !



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विप्लव नेकपाको पछि लाग्न तयार भएका छन् । आज (बिहीबार) नेपाल प्रज्ञा प्रतिष्ठानमा जनयुद्धका सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफु विप्लव समूहसँग बहस र छलफलका लागि तयार रहेको र बहसमा विप्लव समूहले जिते आफू पछि लाग्न तयार रहेको बताएका हुन् ।

परिचर्चा कार्यक्रममा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता अनिल शर्मा ‘विरही’ले ‘‘शास्त्रार्थ’ बहस गर्न प्रस्ताव गरेपछि प्रचण्डले ‘शास्त्रार्थ’का लागि आफू तयार भएकोे र परिणाम स्विकार गरिने बताए।

उनले आफूले गरेका राम्रा कामको उचित मुल्याँकन नभएको र गर्न खोज्दा खोज्दै पनि हुन नसकेको परिस्थितीलाई बुझिदिन आग्रह गरे।

आफू पहिलोपटक प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो निर्णय जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने भएको भएपनि त्यसलाई राज्यले दबाएको बताए । यस सम्बन्धमा सरोकारवालाई बोल्न समेत प्रचण्डले आग्रह गरे।

उनले संविधान लेखनको बेला केहिगरि संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधीहरुलाई सहमत बनाउन नसकिएपछि त्यती बेला संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा आफूले नोट आफ डिसेन्ट राखेको स्मरण गर्दै उनले परिवर्तनका पक्षधरहरुले त्यसलाई भुल्न नुहने स्पष्ट पारे । पछिल्लो आफ्नो लडाईं पनि संसदका लागि मात्र नभएको उनले दाबी गरे ।

‘अहिले पनि संसदका लागि मात्रै लड्यो भन्ने तर्क तपाईंहरुले गर्नुभयो। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, उत्पीडित वर्गको जेजति अधिकार प्राप्त भएको छ त्यसलाई निरंकुश बुटले कुल्चन खाज्नेविरुद्धको विद्रोहका रुपमा किन मान्नुहुन्न ? ’, सहभागीहरुलाई प्रचण्डको प्रश्न थियो ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ६ : ४० बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी