२७ बैशाख २०८३, आइतबार | May 10, 2026

राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन,जसपा त्यो मुसादौडमा छैन : डा.भट्टराई



काठमाडौं । प्रधानमन्त्री, जसपा शिर्ष नेताहरु र एकाले नेताहरुबीच भएको भेटवार्ता सकारात्मक दिशा तर्फ अगाडी बढेको दाबी गरिएकै बेला जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले भने आफ्नो फरक धारणा र्सावजानिक गरेका छन् ।

सत्तासमिकरण सहित जसपाका ३ बुंदे मागमा प्रधानमन्त्री केपी ओली सकारात्मक बन्दै गएको भनाई बाहिर आएकै भोलिपल्ट परिषदका अध्यक्ष डा.भट्टराईले आफुहरु कुर्सीको दौडमा नरहेको भनाई सार्वजानिक गरेका हुन् । ।

जसपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई र उपेन्द्र यादवको प्रधानमन्त्री केपी शर्मा ओली सहित एमालेका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, राजन भट्टराईका बीच बिहीबार साँझ बालुवाटारमा ३ घण्टा बढी छलफल भएको थियो ।

जसपा नेताहरुले आफ्नो पूर्ववत ३ बुंदे माग निलम्बित सांसद रेसम चोधरीको रिहाई, मधेस मुद्दामा बिभिन्न बहानामा लगाइृएका मुद्दाहरु फिर्ता तथा मधेसलाई विभेदहुने गरि संविधानका धाराहरु संशोधन हुनुपर्ने माग प्रधानमन्त्री समक्ष राखेका थिए । त्यस सम्बन्धमा प्रधानमन्त्रीले सकारात्मक संकेत दिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्यथापाले जनाएका छन् ।

प्रधानमन्त्री ओलीसंगको छलफलमा डा. भट्टराई सहित ४ शिर्ष नेताहरु सहभागी हुने भनेर पार्टीको पदाधिकारी बैठकले निर्णय गरेको भए पनि डा. भट्टराई अन्तिम समयमा बालुवाटार गएका थिएनन् ।

‘देश अत्यन्तै गम्भीर संकटमा फँसेका बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलिअलि लाज बचेका बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नुको सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त,’बिहीबार राति डा. भट्टराई आफ्नो ट्यीटरमा पोष्ट गरेका छन्, ‘जसपा त्यो मुसादौडमा छैन है !’

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : १४ बजे

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

नेपालगन्ज । गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगन्ज उपमहानगरपालिका–७

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको

दार्चुलामा भूकम्पको धक्का

काठमाडौं । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाले ‘नीति मन्थन’ गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज ‘विपद् जोखिम न्यूनीकरण

जैविक विविधता संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक