७ आश्विन २०८३, बुधबार | September 23, 2026

संविधानको हत्या गर्न र देशमा अनिष्ट निम्त्याउन खोजिएको छ : प्रचण्ड



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि एकपटक अनिष्ट निम्त्याउन खोजिएको बताएका छन् ।

बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल प्रथम महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो केही समय यता देशमा परिवर्तनलाई उल्ट्याउन अनिष्टकारी घटना निम्त्याउन खोजिएको बताएका हुन् । प्रचण्डले देशमा संविधानलाई रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको बताए । प्रचण्डले भने, ‘संविधानमा नपुगेका कुरालाई थप गर्दै लैजाने किअहिलेका उपलब्धीलाई हत्या गर्ने भन्ने बहस जारी छ ।

अध्यक्ष प्रचण्डले अहिलेसम्मका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धीलाई उल्ट्याउनका लागि षड्यन्त्र गरिएको बताए । प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र गणतन्त्रलाई सिध्याउन प्रयास गरिएको बताए । तर, ती उपलब्धीलाई कुल्चिने प्रयास भए ७० वर्षदेखि लडेर ल्याएको संविधानलाई ध्वंस गर्ने प्रयत्न विरुद्ध फेरि एकपटक क्रान्तिको आँधीबेहरी ल्याउनुपर्ने उनले  जनाए । उनले भने, अहिले विश्वभर चलिरहेको छ कलरफुल रिभोलुसन । क्रान्तिलाई पुरा गर्न नेपालमा पनि शान्तिपूर्ण कलर रिभोलुसन आवश्यक रहेको छ । परिवर्तन उल्ट्याउन खोज्नेहरु विरुद्ध शान्तिपूर्ण क्रान्ति गरिन्छ ।’

प्रचण्डले सर्वोच्च अदालतले हालै नेपाल कम्युनिष्ट पार्टी खारेजीको सम्बन्धमा गरेको फैसलाप्रति संकेत गर्दै जन्मिसकेको वच्चालाई पुनः गर्भमा पठाउन खोजिएको टिप्पणी समेत गरे । उनले आश्चर्यमान्दै भने, यस्तो अचम्म पनि हुँदोरहेछ । यस्तो अनौठो परिघटना पनि हुँदोरहेछ । यसबाट पनि पुष्टि हुन्छ, केही अनिष्ठ त हुँदैछैन देशमा, अझै कति अस्वभाविक परिघटना देख्न पर्ने हो ?’

अध्यक्ष प्रचण्डले अहिले सबैभन्दा धेरै घेरावन्दी आफुमाथि भएको पनि बताए । ‘प्रतिगामी र परिवर्तन विरोधीले, संघीयता, गणतन्त्र, समानुपातिक, समावेशी मन नपाराउने देशी विदेशी शक्तिहरु सबै मिलेर यो परिवर्तनका लागि अग्रगामी भूमिका खेल्ने नेताहरुको बद्नाम गर्ने कोशिस भैरहेको छ ।’, प्रचण्डले भने, ‘अहिले सबैभन्दा धेरै घेराबन्दी ममाथि भएको छ ।’

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १२ : ३२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई