७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

माधव नेपाल पक्षलाई नविच्क्याउन कार्यकर्तालाई प्रचण्डको निर्देशन



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा माधव नेपाल पक्षलाई नविच्क्याउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बुटवलमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माधव नेपाल र आफुहरु आन्दोलनकारी शक्ति भएका कारण उनीहरुलाई पिच्च पर्ने कुनै काम नगर्न निर्देशन दिएका हुन् ।

प्रचण्डले एमाले पार्टी पहिलो जस्तो एमाले नरहने दाबी गर्दै नेपाल पक्षले ओली प्रवृत्ति विरुद्ध विजय प्राप्त गर्ने या विद्रोह गर्ने जिकिर गरे । नेपालहरु अहिले पनि कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्नेमा रहेको बताउँदै उनले भने, ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ । यही स्थितिमा एमाले रहँदैन ।’

पुष ५ पछि ओलीको प्रतिगमन विरुद्ध देशव्यापी आन्दोलनमा सँगै हिँड्दा माधव नेपाल र भलनाथ खनालसँग भावनात्मक सम्बन्ध बढेको उनले जिकिर गरे । माधव नेपालहरुसँग भएका कार्यकर्तालाई पार्टीमा राख्नुअघि एकपटक हेडक्वाटरसँग सम्पर्क गर्न उनले आग्रह गरे ।

अध्यक्ष प्रचण्डले अब सक्रियतापूर्वक देशभर संगठन निर्माणमा लागि पर्ने प्रतिवद्धता जनाए । उनले आफु काठमाडौं छोडेर जिल्लामा बस्ने र माओवादी केन्द्रलाई पुनः एक नम्वरको पार्टी बनाउने दाबी गरे । अझै दुई तीन वर्ष दुःख गर्ने हो भने पार्टी एक नम्वरको बनाउनसक्ने उनको दाबी थियो ।

अध्यक्ष प्रचण्डले ओली पक्षमा नेताहरुलाई फर्काउन कुनै पहल नगर्ने स्पष्ट पारे । विगतमा बिग्रेर गएकाहरुलाई फकाउन आफुले धेरै प्रयत्न गरेको भन्दै उनले बद्मासी गरेकाहरुलाई ल्याएर गृहमन्त्रीसमेत बनाएपनि फेरि धोखा दिएको बताए । उनले भने, बिग्रिएका, भत्किएकाहरुलाई फकाउँदा हुन्छ कि भन्नु मेरो गल्ती भयो । अरु त अरु दुई जना मान्छे नभएकालाई समेत ल्याएर स्थायी समिति सदस्य बनाएको अहिले त मन्त्री खान गए ।’ उनले आफुलाई साथ दिनेहरुलाई, दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने मशसुस हुनेगरेको आत्मसमीक्षा समेत गरे ।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना भएपनि प्रतिक्रियावादीहरुको षड्यन्त्र अझै समाप्त नभएको बताए । षड्यन्त्रबाट वच्न कार्यकर्ताहरुलाई अलर्ट रहन पनि उनले निर्देशन दिए । उनले भने, ‘हामीले रिल्याक्स गर्ने र काम पूरा भएको नसोचौं । हाई अलर्टमा बस्नुपर्ने छ । पूरै चनाखो बन्नुपर्ने छ ।’

 

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : ०० बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने