६ बैशाख २०८१, बिहिबार | April 18, 2024

एमालेमा चरम अन्तर्संघर्ष : ओलीले खोसे माधव नेपाल पक्षधर नेताहरुको जिम्मेवारी



काठमाडौं । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि ब्युँतिएको नेकपा एमालेभित्रको विवाद झन चरमोत्कर्षमा पुगेको छ ।

एमालेमा ओली समुहले एकलौटी निर्णय गर्दै माधव नेपाल पक्षधरहरुको जिम्मेवारी खोसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली निकट केन्द्रीय सदस्यहरुको भेलाले माधवकुमार नेपालसहित नेपाल पक्षीय सबै नेताहरुको जिम्मेवारी खोसेको हो ।

बैठकले महासचिव बाहेक सबै पदाधिकारी खारेज गर्दै नेपाल निकट नेताहरुको जिम्मेबारी खोसेको हो ।

ओली पक्षले माओवादी केन्द्रबाट ओलीसँगै लागेका रामबहादुर थापासहित २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित समेत गरेको छ ।
बैठकले २०७५ जेठ ३ अघिसम्म माधव नेपालले सम्हाल्दै आएको विदेश विभागको जिम्मेवारी खोसेर प्रधानमन्त्रीका विदेश मामिल्ला सल्लाहकार राजन भट्टराईलाई दिएको छ ।

यसैगरी बागमती प्रदेश इन्चार्जमा अष्टलक्ष्मी शाक्यको ठाउँमा माओवादीबाट आएका रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ । सुदुरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर लेखराज भट्टराई नै जिम्मेवारी दिएको छ ।

माओवादी केन्द्रबाट ओली पक्षमा लागेको भट्टलाई ओलीले पुष ५ गतेपछि आफु नेतृत्वको नेकपाको पनि सुदुरपश्चिम इन्चार्ज तोकेका थिए ।

कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यमलाल कँडेललाई जिम्मेवारी दिइएको छ ।

यस्तै प्रदेश १ को जिम्मेवारी सुवास नेम्वाङलाई दिइएको छ । यसअघि माधव नेपाल निकट भीम आचार्य प्रदेश इन्चार्ज थिए । पार्टीको प्रवक्तामा योगेश भट्टराईको ठाउँमा प्रदीप ज्ञवालीलाई तोकिएको छ ।

बैठकमा एमाले अध्यक्ष ओलीले २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने जनाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : ४७ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच