७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

माओवादीका २२ नेता बने ओलीको एमालेमा केन्द्रीय सदस्य



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीकेन्द्रको तर्फबाट आफ्नो समुहमा आएका २२ नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

एमालेको ओली पक्षको शुक्रबार बसेको बैठकले रामबहादुर थापासहित पाँच नेतालाई स्थायी कमिटीमा र अन्य १७ नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो ।

माधव कुमार नेपाल पक्षका नेताहरुको जिम्मेबारी खोसेर ओलीले केही जिम्मेवारी माओवादी केन्द्रबाट मनोनितहरुलाई दिएका छन् ।

रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा र प्रभु साहलेले स्थायी कमिटीमा स्थान पाएका छन् ।

यसैगरी केन्द्रीय कमिटीमा मनोनित हुने पूर्वमाओवादीहरुमा निम्न नेताहरु रहेका छन् :

लिलाबहादुर थापा
दधिराम न्यौपाने
गिरिधारीलाल न्यौपाने
गौरीशंकर थारु
झपट बोहरा
दावा लामा
चन्द्रबहादुर खड्का
टंक आङबुहाङ
पासाङ शेर्पा
ज्वाला साह
टेकबहादुर बलामी
कमल जंग
मनोज थापा
विषमलाल अधिकारी

नवीन रोका
धर्मराज रेग्मी
डम्बर विष्ट

शुक्रबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा गएका नेताहरुलाई फर्किन कुनै पहल नगर्ने बताएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ३१ बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।