२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

समृद्धिको मुल आधार पर्यटन : बुटवल उपमहानगर प्रमुख सुवेदी



बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २० औं साधारण सभा तथा १० औं अधिवेशनबाट निर्वाचित नया नेतृत्वलाइ पद हस्तान्तरण गरिएको छ ।

शुक्रबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै समृद्धिको आधार पर्यटन भएको दाबी गरे । धेरै ऐतिहासिक र रमणिय, सास्कृतिक, सामरिक, धार्मिक पर्यटन क्षेत्रहरु रहेको यो रुपन्देही अब राम्रो सम्भावना भएको क्षेत्र भएको उनले बताए । बुटवलको विकासकै कारण यो पछि नपर्ने दाबी गर्दै उनले रुपन्देहीको विकासको आधारको विषयमा ३ वर्ष लामो अध्ययन गरिएको उनले दाबी गरे । पर्यटन, कृषि, उद्योग लगायत विकासको आधार भएको र यसका लागि सडक, पहुचलाई ध्यान दिएर विकास अघि बढाईएको उनले दाबी गरे ।

कार्यक्रममा होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले समग्र व्यवसायीहरु एकजुट नभए सरकारबाट सहयोग नमिल्ने उदाहरण प्रस्तुत गर्दै व्यवसायीहरुको मागलाई स्थापित गर्न नेतृत्व लाग्नुपर्ने सुझाव दिए । सरकार र व्यवसायीहरु बिचमा सधैभरि नै द्वन्द्व देखिदै आएको उनले बताए । महासंघ अहिले संगठनको पहिचान गर्ने, संगठित गर्ने र पर्यटकिय गतिविधिमा अग्रसरता गराउने गरि अघि बढेको उनले बताए ।

अहिले देशभर ७७ जिल्लामा १ सय ६० वटा संस्था र व्यवसायी रहेको उनले बताए । प्रत्येक वर्ष २० अर्ब सरकारलाई ट्याक्स तिर्दै आएको व्यवसायीहरु पछिल्लो पटक कोभिड १९ को बेला १९ अर्ब बराबर लगानी डुबेको उनले दुखेसो गरे । वार्षिक ३० अर्बको कारोबार हुने उनले बताए ।

केही विकट क्षेत्रहरुका सरकारहरु निजि क्षेत्रहरुलाई एकिकृत मोडेलमा पर्यटन विकासको लागि अवसर दिएको भन्दै यसलाई कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताए । ग्लोबल आईएमीसंग ५ अरब बराबरको महासंघसंग व्यवसायिक सम्झौता भएको बताए ।

संघका संस्थापक अध्यक्ष तथा सल्लाहकार माधव नेपालले संघमा आवद्ध पदाधिकारीहरुबाट विशेष प्याकेज बनाएर अघि बढ्न सुझाव दिए । साच्चिकै नमुना बनाएर अघि बढ्ने गरि रुपरेखा तयार गर्न उनले सुझाव दिए ।

हानका सदस्य तथा संघका सल्लाहकार गोपाल रानाले पर्यटन क्षेत्र अवसरका रुपमा रहेको बताए । सरकारले पुर्वाधार विकासमा लगानी बढाए । निजि क्षेत्रबाट विकास हुने दाबी गरे । यहाका पर्यटकिय ऐतिहासिक क्षेत्रहरुमा सरकारको लगानी गरे वर्षेनि पर्यटक भित्राउन सकिने उनले दाबी गरे ।

कार्यक्रममा नेपाली काग्रेस नगर सभापति खेलराज पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका निबर्तमान अध्यक्ष समुद्र जिसि लगायतले बोलेका थिए । संघका नवनिर्वाचित अध्यक्ष रामप्रसाद गौतमले आगलागीबाट क्षति भएका होटल व्यवसायी कमल अधिकारीलाई १० हजार रुपैया सहयोग हस्तान्तरण गरेका छन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : २० बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,