२९ असार २०८३, सोमबार | July 13, 2026

छोरीलाई आफ्नो तरीकाले बांच्न दिनुस् : मोहना अन्सारी



मलाई जब स्कूल पठाउन शुरु गरीएको थियो त्यस बखत आज को जस्तो वातावरण थिएन र आज जो मुस्लिम समुदायका सरपरस्त (अभिभावक) बनेका छन् शायद तिनलाई त्यो परिवेश थाहा पनि थिएन होला किन भने विधालय को वातावरण निकै सौहार्द थियो । हामी सबै समुदायका बालबालिका एकै किसिमको स्कर्ट र सर्ट र केटा हरु हाफ(गर्मीमा) पाईन्ट वा पाईन्ट लगाएर जाने गर्दथ्यौ । कुनै अभिभावकले विधालयमा आई छोरी स्कर्ट भन्दा सुरुवाल कुर्ता लगाएर पठाउछौ भनि भनेको सम्झना नै छैन ।

माेहना अन्सारी

बांके (नेपालगंज) मा छोरी मात्रै पढाउनको लागि सरस्वती विधालय थियो । जहां न्यून मात्रामा मुस्लिम समुदायका बच्चीहरुलाई पठाईन्थ्यो । मलाई त्यही को केटा केटी दुवै पढ्ने विधालय पढ्न पठाईयो ।

मुस्लिम समुदायमा छोरी लाई विधालय पठाउने चलन नै थिएन । किन की छोरी पढिन भने सक्षम बन्ने छिन भन्ने ठूलो डर थियो र समुदायमा छोरी बिग्रीन्छिन भन्ने भय र डर देखाईएको थियो त्यसैकारणले छोरी पढाउने चलन थिएन । छोरा पढ्यो भने बाबु आमा सिहार्छ छोरी अर्का को घर जाने जात हो किन खर्च गर्ने छोरी माथी “छोरी घर की निशुल्क घरेलु कामदार थिईन” । छोरी माथि पनि छोरा सरह लगानी गरेको भए शायद आज यो समुदायको आर्थिक सामाजिक परिवेश अर्कै हुने थियो ।

तर खुशी के मान्नु पर्छ भने विस्तारै परिवेश फेरिदै गयो र अन्य समुदाय सरह छोरी लाई पनि पढाउने चलन मुस्लिम समुदायमा पनि बृध्दी भयो । र शुरु भयो नयां षडयन्त्र लुगालाई लिएर र यो विशुध्द पुरुषको सोच लाद्ने क्रमको रुपमा जारी छ ।

कपडा लाई लिएर मुस्लिम समुदायमा संक्रीर्णता थियो नै र छ पनि आफूलाई सहज लाग्ने वा जे लगाउदा आफूमा आत्म विश्वास जाग्दछ त्यो लगाउन छुट छैन । लादिएको सोच का कारण निरन्तर बहस मा छ मुस्लिम महिला को पोशाक यो नेपालमा मात्रै होईन विश्व मा नै यसरी चलि रहेको छ ।

“छोरीले छाती र घुडा ढाकेर हिन्नु पर्छ” । कति आत्तिएनु हुन्छ हो पुरुष दाजु भाईहरु ?
बहस का विषय विश्वमा र देश भित्र अरु पनि छन् । कसरी अधिक भन्दा अधिक राजनितीक, सानुदायिक नेता बनाउन सकिन्छ ?कसरी डाक्टर ईन्जिनीयर वा कानून व्यवसायी  शिक्षक बनाउन सकिन्छ ? कसरी हिंसा मुक्त समाज बनाउन सकिन्छ ?

छोरीलाई आफ्नो तरीकाले बांच्न दिनुस् । सक्षमता र आत्मविश्वास को सास फेर्न दिनुस् । कहिले सम्म लादिएका सोचमा बांच्ने छिन हाम्रा छोरीहरु ???

अधिकारकर्मी नागरिक अभियन्ता माहेना अन्सारीको वालबाट साभार

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ०५ बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही