१६ असार २०८३, मंगलबार | July 1, 2026

सांसद रेसम चौधरीको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन डा. बाबुराम भट्टराईलाई अस्विकार्य



काठमाडौं । जनता समाजवादी पार्टीका केहि शिर्ष नेताहरुले निलम्बित सांसद रेसम चोधरीको रिहाईलाई सत्ता समिकरणको प्रमुख एजेण्डा बनाएर सम्बाद चलाईरहेका बेला जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी लगायतका नेताहरूको रिहाइको एजेण्डा सत्ता समिकरणको शर्त बन्न नसक्ने बताएका छन् । उनले आज बिहानै ट्यीटरमा स्टाटस पोष्ट गर्दै सांसद चोधरी लगायत नेताहरुको रिहाइ केपी ओली सरकारलाई समर्थन गर्ने शर्त स्विकार्य नहुने बताएका हुन् ।

जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष जेलमा रहेका चौधरीसहितका नेताहरुको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन गर्ने वा सत्ता समिकरण गर्ने गरि चरणवद्ध छलफल जारी रहेको अवस्थामा नेता भट्टराईको फरक धारणा बाहिर आएको हो।

एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्मका विषय राजनीतिक मुद्दाका रूपमा हल हुने, तर रेशम चौधरीसहितका थारु विद्रोहका नेताहरु किन रिहाइ नहुने ? भट्टराईले सञ्जालमा प्रश्न गरेका छन् ।

‘रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुनसक्दैन,’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुनसक्छन् भने थारूको मात्र किन नहुने ? कुनै भ्रम नरहोस् !’

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : १० बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी