६ पुस २०८२, आइतबार | December 21, 2025

भलिबल खेल्ने क्रममा झडप हुँदा २ प्रहरीसहित ३ जना घाइते, २ पक्राउ



तनहुँ । तनहुँको भीमाद नगरपालिका-१ डुम्रीवेंसीमा भलिबल खेल्ने क्रममा विवाद हुँदा शुक्रबार दुई प्रहरीसहित तीन जना घाइते भएका छन् ।

शिवरात्रिको पर्वका अवसरमा आयोजना गरिएको भलिबलमा विवाद हुँदा छुट्याउन जाने क्रममा दुई प्रहरी र अन्य एक सर्वसाधारण घाइते भएका हुन् ।

मोटरसाइकलको चेन स्पकेटको प्रहारबाट डुमीवेंसी प्रहरी चौकीका इञ्चार्ज सुरेन्द्र गुरुङ र प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

“भलिबलमा युवाबीच विवाद भएपछि छुट्याउन जाँदा प्रहरीमाथि पनि आक्रमण भयो”, प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले भने, “उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य छ ।”

प्रहरीका अनुसार आक्रमणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ४० बजे

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन