१ पुस २०८२, मंगलबार | December 16, 2025

केपी ओली सरकारको नेतृत्वबाट हटे एमाले सरकारलाई माओवादीको समर्थन कायम रहन्छ : मातृका यादव



राजबिराज । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादवले एमालेबाट सरकारको नेतृत्व परिवर्तन भएमा एमाले सरकारलाई पार्टीले गरेको समर्थन जारी रहने बताएका छन् । प्रेस संगठन नेपालको सप्तरी शाखाले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता यादवले एमालदे अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई भने माओवादी केन्द्रको समर्थन नरहने स्पष्ट पारे ।

यादवले आफ्नो पार्टी जनता समाजवादी पार्टी (जसपा) लाई सरकारको नेतृत्व दिन तयार रहेको बताउँदै कांग्रेस तयार भए माओवादी केन्द्रलाई जसपालाई सरकारको नेतृत्व दिन आपत्ती नहुने बताए ।

पार्टी एकतापछि माओवादी केन्द्रका नेताहरु उदार चएको भन्दै यादवले माओवादी नेताहरुले कमजोरी स्विकार गर्नु पर्ने बताए । उनले त्यही कमजोरीको फाइदा उठाउँदै केपी ओलीले सहमतिको उलंघन गरेको आरोप लगाए । सहमतिको पालना नगर्ने ओलीसँग अब कुनै प्रकारको सहकार्य हुँदैन नेता यादवले भने ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : ३८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा