१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

लाफा समुहद्धारा ब्लड क्यान्सर र मृगौला पिडितलाई आर्थिक सहयोग



बुटवल । रुपन्देहीमा खेलकुद गतिविधिसंगै सामाजिक कार्यमा अग्रसर रहदै आएको लाफा समुह बुटवलले दुई जना बिरामीलाई ५८ हजार ४० रुपैंया आर्थिक सहयोग गरेको छ ।

लाफा समुह बुटवलले ब्लड क्यान्सर र मृगौला पिडित दुइजनालाई उपचारका लागि दोस्रो पटक आर्थिक सहयोग गरेको हो ।

बिगत चार वर्ष देखि ब्लड क्यान्सरबाट पिडित स्याङ्गजा घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका लाफा समुहका सक्रिय सदस्य प्रदिप श्रेष्ठको ७ बर्षिय छोरी आयुष्मा श्रेष्ठको उपचारका लागि ४७ हजार पाच सय ७० रुपैंया आर्थिक सहयोग गरेको छ ।

त्यस्तै क्लबले पाल्पा रामपुर घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका समुहका सदस्य ३० बर्षिय रेम बहादुर ठकुरीलाई पनि समुहले नगद १० हजार ४ सय ४० रुपैंया सहयोग गरेको छ ।

समुहका अध्यक्ष तारासिंह रेश्मी र सदस्य बिपिन श्रेष्ठको जन्मदिनको अबसरमा दुइजनाले २० हजार रुपैंया सहयोग गरेका थिए । त्यस्तै समुहका अन्य सदस्यबाट आर्थिक जुटाइ सहयोग गरेको समुहका संयोजक ज्ञानु सारुले जानकारी दिए ।

श्रेष्ठ र ठकुरीको उपचारका लागि यो भन्दा पहिला पनि समुहले २२/२२ हजार रुपैंया आर्थिक सहयोग गरी सकेको र थप सहयोग जुटाइदिन समुहका संरक्षक बासुदेब लामिछानेले आग्रह गरेका छन ।

समुहले विभिन्न समयमा यस्तै आर्थिक अवस्था कमजोर भएका बिरामी र तिनीहरुको परिवारलाई आर्थिक सहयोग गर्दै आएको समुहका अध्यक्ष तारासिंह रेश्मीले बताए ।

समुहले विभिन्न सामाजिक काम गर्दै आएको छ भने बर्षमा दुई पटक रक्तदान गर्ने गरेको छ । यहि चैत ३ गते समुहले पुन रक्तदान कार्यक्रम राखेको हुदा रक्तदाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी हुन अध्यक्ष रेश्मीले आग्रह गरे ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : ५४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम