१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

लाफा समुहद्धारा ब्लड क्यान्सर र मृगौला पिडितलाई आर्थिक सहयोग



बुटवल । रुपन्देहीमा खेलकुद गतिविधिसंगै सामाजिक कार्यमा अग्रसर रहदै आएको लाफा समुह बुटवलले दुई जना बिरामीलाई ५८ हजार ४० रुपैंया आर्थिक सहयोग गरेको छ ।

लाफा समुह बुटवलले ब्लड क्यान्सर र मृगौला पिडित दुइजनालाई उपचारका लागि दोस्रो पटक आर्थिक सहयोग गरेको हो ।

बिगत चार वर्ष देखि ब्लड क्यान्सरबाट पिडित स्याङ्गजा घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका लाफा समुहका सक्रिय सदस्य प्रदिप श्रेष्ठको ७ बर्षिय छोरी आयुष्मा श्रेष्ठको उपचारका लागि ४७ हजार पाच सय ७० रुपैंया आर्थिक सहयोग गरेको छ ।

त्यस्तै क्लबले पाल्पा रामपुर घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका समुहका सदस्य ३० बर्षिय रेम बहादुर ठकुरीलाई पनि समुहले नगद १० हजार ४ सय ४० रुपैंया सहयोग गरेको छ ।

समुहका अध्यक्ष तारासिंह रेश्मी र सदस्य बिपिन श्रेष्ठको जन्मदिनको अबसरमा दुइजनाले २० हजार रुपैंया सहयोग गरेका थिए । त्यस्तै समुहका अन्य सदस्यबाट आर्थिक जुटाइ सहयोग गरेको समुहका संयोजक ज्ञानु सारुले जानकारी दिए ।

श्रेष्ठ र ठकुरीको उपचारका लागि यो भन्दा पहिला पनि समुहले २२/२२ हजार रुपैंया आर्थिक सहयोग गरी सकेको र थप सहयोग जुटाइदिन समुहका संरक्षक बासुदेब लामिछानेले आग्रह गरेका छन ।

समुहले विभिन्न समयमा यस्तै आर्थिक अवस्था कमजोर भएका बिरामी र तिनीहरुको परिवारलाई आर्थिक सहयोग गर्दै आएको समुहका अध्यक्ष तारासिंह रेश्मीले बताए ।

समुहले विभिन्न सामाजिक काम गर्दै आएको छ भने बर्षमा दुई पटक रक्तदान गर्ने गरेको छ । यहि चैत ३ गते समुहले पुन रक्तदान कार्यक्रम राखेको हुदा रक्तदाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी हुन अध्यक्ष रेश्मीले आग्रह गरे ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : ५४ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा