१२ असार २०८३, शुक्रबार | June 26, 2026

रुपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई



भैरहवा । लिग सुरु भएको दुई दशकपछि वेष्टर्न ले रुपन्देही सुपर लिगको उपाधि जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगमा न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेष्टर्नले पहिलोपल्ट उपाधि जितेको हो । जितसँगै उसले नगद ८० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको होराइजनले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।

खराब मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले ९ विकेटको क्षतिमा १ सय ६ रन बनायो । वेष्टर्नले २८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरी जित निकाल्यो । ९ रनमा पहिलो विकेट गुमाएको वेष्टर्न सुरुवात्मै निकै दवावमा परेको थियो । दोस्रो विकेटका लागि देव खनाल र उत्तम थापाले ६५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए ।

७८ रनमा ४ विकेट गुमाएको वेष्टर्न अजय कौशिल्या र एकेन्द्र कुंवरको जोडी जमेपछि उनीहरुले नै टिमलाई जित दिलाए । उसका लागि देव खनालले सर्वाधिक ४४, उत्तम थापाले २६, एकेन्द्र कुंवरले २२ र अजय कौशिल्याले २२ रन जोडे । होराइजनका गोविन्द केसीले २ तथा तुलबहादुर थापाले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरी ३३ रनमा पहिलो विकेट गुमाएको होराइजनको त्यसपछि कुनै खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् । उसका लागि विशाल खत्रीले सर्वाधिक २३ रन बनाए । सुमित पराजुलीले १८, अमर मिश्राले १३, शक्ति गौचन र गोविन्द केसीले समान १०/१० रन बनाए । होराइजनलाई सस्तैमा रोक्न वेष्टर्नका हरजित सिंह, देव खनाल र राहुल कुमारले २/२ विकेट तथा अभिषेक गौतम, एकेन्द्र कुंवर र विवेक पराजुलीले समान १/१ विकेट लिए ।

देव खनाल म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ हात पारे । लिगमा वेष्टर्नका राहुल कुमारले म्यान अफ द सिरिजको उपाधि प्राप्त गरी १५ हजार रुपैयाँबाट पुरस्कृत भए । उनी उत्कृष्ट ब्याट्सम्यान समेत भए र ५ हजार रुपैयाँ प्राप्त गरे । लुम्बिनी खुकुरीका अजय लोनिया उत्कृष्ट बलर भई ५ हजार रुपैयाँ प्राप्त गरे भने लिगमा उत्कृष्ट प्रदर्शन गरेका होराइजनका पुरुषोत्तम भट्टराई उदयीमान खेलाडी हुँदै ५ हजार रुपैयाँबाट पुरस्कृत भए । उपाधि विजेता र उपविजेता खेलाडीहरुलाई पूर्वमन्त्री दीपक बोहरा, आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ८ : ५८ बजे

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी