६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

महाशिवरात्रि मनाउन पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाई



काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई छ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेको छ ।

रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु १५१ गरी छ वर्गमा विभाजन गरी दुई हजार साधुसन्तलाई दक्षिणासहित शनिबार बिदाइ गरिएको संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिइन ।

नागाबाबालाई भने दक्षिणासहित २०० ग्राम र १०० ग्रामको पेडासहित बिदाई गरिएको छ । वरिष्ठ नागाबाबालाई २०० ग्राम र कनिष्ठ नागाबाबालाई १०० ग्रामको पेडासहित बिदाई गर्ने परम्परा छ ।

यस वर्ष पशुपति क्षेत्रमा १०० जना नागाबाबा आएको संस्थानले जनाएको छ । दक्षिणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुन कृष्ण एकादशीका दिन शीतलनिवासमा सङ्कल्प गरेकी सामग्रीसमेत वितरण गरिएको छ । बाँकी साधुसन्तलाई आइतबार पनि दक्षिणासहित बिदाइ गरिने जनाइएको छ ।

पशुपतिमा आउने साधुसन्तलाई फाल्गुन कृष्ण एकादशीदेखि औँशीसम्म संस्थानले खाने, बस्ने, धुनी जगाउने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसैबीच पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : २६ बजे

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३

संघीय संसदको अधिवेशन चैत्र १६ गतेदेखि आह्वान गर्ने तयारी

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नै फागुन २१