२७ बैशाख २०८३, आइतबार | May 10, 2026

हनुमन्ते खोला कोरिडोरमा डोजर चलेपछि स्थानीयको आपत्ति



काठमाडौं । भक्तपुरको हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन डोजर चलाइएपछि स्थानीयले आपत्ति जनाएका छन् ।

आइतबार हनुमन्ते खोला करिडोरभित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो । यस क्षेत्रमा अवस्थित साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रा.लि.को उद्योग लगायतका भौतिक संरचनामा माथिको आदेश भन्दै डोजर चलेपछि स्थानीयले आपत्ति जनाएका हुन् ।

सुर्यविनायक नगरपालिकाले सात दिनभित्र उक्त स्थानबाट उद्योग हटाउन परिपत्र गरेको भएपनि सात दिनभित्र उद्योग हटाउन नसकिने भन्दै उद्योगलाई यथावत् राखिएको थियो । ४० वर्ष पुरानो उद्योगको संरचना ७ दिनभित्र हटाउन सम्भव नभएको र कुनै पत्र जानकारी बिना उद्योगमाथि डोजर चलाइएको साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिजका प्रोपाइटर विश्व साखले बताए ।

बिकासको नाममा किसानलाई सुकुम्बासी बनाउन लागिएको स्थानियले बताएका छन् । यसरी भत्काउँदा किसानको हजारौँ रोपनी जग्गा नाश हुने भन्दै सरकारले क्षतिपुर्ति दिनुपर्ने माग स्थानीयको छ । स्थानीय सरकारले समेत बेवास्ता गरि जर्बजस्त डोजर चलाइएको हनुमन्ते खोला करिडोर पीडित समितीका संयोजक ओम श्रेष्ठले बताए ।

स्थानीयले आफुहरु विकास विरोधी नभएको भन्दै विकासको नाममा स्थानीयको बिनाश गर्नुनहुने बताएका छन् । सम्बन्धित निकायले उचित क्षतिपुर्ति दिनुपर्ने उनीहरुको भनाइ छ ।

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : २५ बजे

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार