४ पुस २०८२, शुक्रबार | December 19, 2025

हनुमन्ते खोला कोरिडोरमा डोजर चलेपछि स्थानीयको आपत्ति



काठमाडौं । भक्तपुरको हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन डोजर चलाइएपछि स्थानीयले आपत्ति जनाएका छन् ।

आइतबार हनुमन्ते खोला करिडोरभित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो । यस क्षेत्रमा अवस्थित साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रा.लि.को उद्योग लगायतका भौतिक संरचनामा माथिको आदेश भन्दै डोजर चलेपछि स्थानीयले आपत्ति जनाएका हुन् ।

सुर्यविनायक नगरपालिकाले सात दिनभित्र उक्त स्थानबाट उद्योग हटाउन परिपत्र गरेको भएपनि सात दिनभित्र उद्योग हटाउन नसकिने भन्दै उद्योगलाई यथावत् राखिएको थियो । ४० वर्ष पुरानो उद्योगको संरचना ७ दिनभित्र हटाउन सम्भव नभएको र कुनै पत्र जानकारी बिना उद्योगमाथि डोजर चलाइएको साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिजका प्रोपाइटर विश्व साखले बताए ।

बिकासको नाममा किसानलाई सुकुम्बासी बनाउन लागिएको स्थानियले बताएका छन् । यसरी भत्काउँदा किसानको हजारौँ रोपनी जग्गा नाश हुने भन्दै सरकारले क्षतिपुर्ति दिनुपर्ने माग स्थानीयको छ । स्थानीय सरकारले समेत बेवास्ता गरि जर्बजस्त डोजर चलाइएको हनुमन्ते खोला करिडोर पीडित समितीका संयोजक ओम श्रेष्ठले बताए ।

स्थानीयले आफुहरु विकास विरोधी नभएको भन्दै विकासको नाममा स्थानीयको बिनाश गर्नुनहुने बताएका छन् । सम्बन्धित निकायले उचित क्षतिपुर्ति दिनुपर्ने उनीहरुको भनाइ छ ।

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको