२६ बैशाख २०८१, बुधबार | May 8, 2024

मोहन वैद्यको अडान, – संसदीय व्यवस्था मान्दैनौं, फेरि बन्दुक उठ्न सक्छ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् ।

आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन ।

क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै वैद्यले नेपालमा बन्दुक उठ्ने दाबी समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरु संसदवादी मुलधारमा आएको अभिव्यक्ति दिएकोप्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मुलधारमा नभएको र आफुहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए ।

वैद्यले भने –‘प्रधानमन्त्रीजीले अब सबै संसदवादी मुलधारमा आए भन्नुभो । यो झुठ हो । सरासर झुठ हो । संसदवादी मुलधारमा हामी क्रान्तिकारीहरु छैनौँ । हामी यो व्यवस्थालाई मान्दैनौँ । शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ ? बन्दुक उठ्छ ।’

महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुुपर्ने बताए ।

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : ४५ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम