१६ बैशाख २०८१, आइतबार | April 28, 2024

पार्टीको ढुलमुले नीतिका कारण अलोकतान्त्रिक कम्युनिष्ट सरकार ढाल्ने अवसर गुम्यो : कांग्रेस वरिष्ठ नेता पौडेल



बेनी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले बिपी कोईरालाले प्रतिपादन गरेको सिद्धान्त र एजेण्डा जनतालाई बुझाउन नसक्दा नेपालमा कम्युनिष्टहरु बढेको बताएका छन् । कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको छैठौं पुन्यतिथिमा आज बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन वरिष्ठ नेता पौडेलले कांग्रेसले बुझाउन नसकेको बिपीको सिद्धान्त र एजेण्डा कम्युनिष्टले प्रचार गरेर दुई तिहाइ नजिकको मत ल्याएको दाबी गरे।

पौडेलले कांग्रेसले यतीबेला पद र प्रतिस्था भन्दा व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताए। ‘लामो संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा कांग्रेसको ठूलो योगदान छ, हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगानुपर्छ।’पौडेलले भने ।

उनले कांग्रेसले कांग्रेसकै सिद्धान्त र दर्शनलाई ठीकसँग व्यवहारमा उतार्न नसकेको जिकीर गर्दै आफ्नो सिद्धान्त र दर्शन जनतालाई बुझाउन नसक्दा सम्म कांग्रेस पार्टी अगाडि बढ्न नसक्ने बताए । ‘राम्रो सिद्धान्त र व्यवहारिक दर्शन बोकेर पनि कांग्रेस कार्यकर्ताहरु गुपचुप बस्दा कम्युनिष्टले फाईदा उठाए ।’ नेता पौडेलले भने।

उनले कांग्रेस प्रजातन्त्रवादीसँगै समाजवादी पार्टी पनि भएको बताउँदै किसानको पार्टी र श्रमिकको साथि कांग्रेस नै भएको ठोकुवा गरे।

पौडेलले कांग्रेसले समयमै राजनीतिक समस्याको निचोड निकाल्न नसक्दा कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको बताए।

‘कांग्रेसले ढुलमुल नगरेको भए संघीयसँगै वाग्मती र प्रदेश–१ का सरकार ढाल्न सकिन्थ्यो भन्दै पौडेलले कांग्रेसको अलमल र ढुलमुलका कारण अलोकतान्त्रिक सरकार ढाल्ने अवसर गुमेको बताए ।

कांग्रेसले आफू निर्णायक बन्ने अवसर गुमाएको बताउँदै उनले पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउनुपर्ने धारणा राखे।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : १९ बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य