६ बैशाख २०८१, बिहिबार | April 18, 2024

कोरोना विरुद्धको खोप : अपेक्षा अनुसार आयात नहुँदा दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने



काठमाडौं । कोरोना विरुद्धको खोप अपेक्षा अनुसार आयात नभएपछि दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने भएको छ ।

खोप अभियान अन्तर्गत पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ देखि १५ भित्र लगाउने सरकारले प्रस्तावित योजना बनाए पनि त्यो प्रभावित हुने देखिएको हो ।

भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज आउन बाँकी रहेको तथा कोभ्यासमार्फत् आउने खोप र चीनबाट अनुदानको खोप पनि अनिश्चित भएकाले दोस्रो डोज लगाउने मिति लम्बिन सक्ने सम्भावना बढेको हो ।

स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउन सकिने बताउँदै आएको छ । तर खोप नआउँदा अन्योल बढेको छ । सरकारले यही महिनाभित्र भारतबाट बाँकी १० लाख डोज खोप आउने बताए पनि निश्चित मिति तोकिएको छैन । यस्तै, कोभ्यासक्समार्फतको खोपको थप १९ लाख डोज मे महिनामा भित्रने भनिए पनि मिति तोकिएको छैन ।

अहिले सरकारले ६५ वर्षभन्दा माथिका समूहलाई खोप दिइरहेको छ । तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन सुरु गरिएको छैन । तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूहका नागरिक र १५ देखि ३९ वर्षसम्मको उमेर समूह पर्नेछन् ।

यसैबीच सरकारले निजी क्षेत्रलाई खोप आयातको लागि खुला गरेको छ । औषधि व्यवस्था विभागले सूचना निकालेर इच्छुक उत्पादक, कम्पनी, आयातकर्ता र बिक्रेतालाई ७ दिनभित्र आवेदन दिन भनेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : १६ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी