१५ बैशाख २०८१, शनिबार | April 28, 2024

संसद अघि बढाउने मानसिकतामा सत्तापक्ष नभएको कांग्रेस प्रमुख सचेतक खाँडको आरोप



काठमाडौं । नेपाली कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अघि बढाउने मानसिकतामा नरहेको बताएका छन् ।

सोमबार संसदको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रमुख सचेतक खाँडले सत्ता पक्ष संसदलाई गतिशिल र प्रभावकारी ढंगले अघि बढाउने पक्षमा नरहेको बताएका हुन् ।

मंगलबार संसदको बैठक बस्ने भएपनि सरकारले हालसम्म कुनैपनि बिजनेश नदिएको खाँड भनाई छ । सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडि बढाउनुपर्ने भएपनि ति अध्यादेशबारे समेत सरकार गम्भिर नभएको उनले बताए । खाँडले भने – ‘सत्तापक्ष सदनलाई गतिशिल गराउने र सदनलाई प्रभावकारी रुपमा अगाडी बढाउने मानसिकतामा आजको मितिसम्म छैन । उहाँहरुले बिगतमा पनि बजेट सेसनमा अस्वभाविक रुपमै अन्त्य गर्नुभयो र हिउँदे अधिवेशन बोलाउने बेलामा सदन नै बिघटन गर्नु भो । भोलिको सदनको कार्यसूचीका लागि सरकारले कुनै प्रस्ताव पेश गरेको छैन । कुनै कार्यसूची छैन ।’

मुख्य सचेतक खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको बताए । ‘सदन प्रारम्भ हुँदाखेरी सरकारले, प्रमुख प्रतिपक्षी दलले, सबै दलले सदनमा शुभकामना आदान प्रदान गर्ने हाम्रो पुरानो प्रचलन थियो, खाँडले भने, ‘भोलिको मिटिङमा सबै दलहरुले अहिलेको परिस्थितिको बारेमा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुस् भन्दापनि सरकारको तर्फबाट शुभकामना मन्तव्य दिनेमा पनि अरुची रह्यो ।’

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ । मंगलबारको बैठकको कार्यसुची हालसम्म तय भइसकेका छैनन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ५९ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म